Logo

विश्वमा कोरोना संक्रमितको संख्या ४६ लाख १८ हजार नाघ्यो, उपचार पछि निको हुनेको संख्या साढे १७ लाख (अपडेट)

विश्वमा कोरोना संक्रमितको संख्या ४६ लाख १८ हजार नाघ्यो, उपचार पछि निको हुनेको संख्या साढे १७ लाख (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीबाट ४६ लाख २८ हजार ३९३ जना संक्रमित भएका छन । जस मध्ये १७ लाख ५८ हजार ३९ जना उपचार पछि निको भएर घर फर्केका छन भने ३ लाख ८ हजार ६४५ जनाको मृत्यु भएको छ ।

कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ पुगेको छ भने मृत्यु हुनेको संख्या ८८ हजार ५०७ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या भने ३ लाख २६ हजार २४२ जना रहेको छ ।

अमेरिका पछि दोस्रोमा रहेको स्पेनमा २ लाख ७४ हजार ३६७ जना संक्रमित भेटिएका छन भने मृत्यु हुनेको संख्या २७ हजार ४५९ जना रहेको छ । त्यस्तै रसियामा संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २४ सय १८ जना रहेको छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमणकै कारण ३३ हजार ९९८ जनाले ज्यान गुमाएका छन भने इटालीमा ३१ हजार ६१०, ब्राजिलमा १४ हजार ९६२, फ्रान्समा २७ हजार ५२९, जर्मनमा ८ हजार १, टर्किमा ४ हजार ५५, इरानमा ६ हजार ९०२, भारतमा २७ सय ५३ जनाले ज्यान गुमाईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्