Logo

७ बर्षिय बालकसहित ९ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २६७ पुग्यो

७ बर्षिय बालकसहित ९ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २६७ पुग्यो



काठमाडौं । शुक्रबार पुन ९ जना कोरोना भाईरस संक्रमित थपिएका छन । उक्त थपसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुका थप भएकाहरुमा काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित ९ जना रहको छ ।

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना रहेका छन । पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन । शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए । योसँगै एकैदिन १८ जना संक्रमित भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्