Logo

सरकारको पहिलो प्राथमिकता राष्ट्रलाई कोरोना मुक्त बनाउने, सच्चियो राष्टपतिको भाषणा

सरकारको पहिलो प्राथमिकता राष्ट्रलाई कोरोना मुक्त बनाउने, सच्चियो राष्टपतिको भाषणा



काठमाडौं । सरकारले कोरोना भाइरसका कारण विकासको आकांक्षा र गतिमा धक्का पुगेको निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको दुबै सदनको सयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले कोरोना उन्मुलनलाई पहिलो प्राथमिकता दिँदै राष्ट्रलाई कोरोना मुक्त बनाउने बताएकी हुन ।

राष्ट्रपतिले भनिन, ‘कोरोना अघिसम्म आर्थिक वृद्धि दोहोरो अंक थियो । यी उपलब्धीमा आधारित भएर सरकार अघि बढेको बेला महामारीको चपेटामा परिएको छ । जुन लक्ष्यका साथ अघि बढ्न खोजिएको थियो । विकासको आकांक्षा र गतिमा धक्का पुगेको छ ।’ महामारीका कारण सरकारको प्राथमिकता बदलिएको भन्दै राष्ट्रपतिले भनिन, ‘अब हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुर्नउत्थान हुनेछ ।’

साथै उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष गरेको सम्बोधन सच्याएकी छिन । गत वर्ष संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइन । शुक्रबार आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकारको स्थानमा ‘वर्तमान सरकार’, ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनेर सम्बोधन गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्