Logo

पुनः लकडाउन थप्ने तयारीमा सरकार, विज्ञहरुसँग छलफल गर्दै उच्चस्तरीय समन्वय समिति

पुनः लकडाउन थप्ने तयारीमा सरकार, विज्ञहरुसँग छलफल गर्दै उच्चस्तरीय समन्वय समिति



काठमाडौं । सरकारले पुनः लकडाउन थप्ने तयारी गरेको छ । लकडाउन कति दिन र कुन मोडालिटीमा थप्ने भन्नेबारे अहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ ।

कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे पनि समितिको बैठकमा छलफल हुने मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल भैरहेको छ । र, उक्त छलफलमा विज्ञहरू पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL