Logo

अब कोरोना संक्रमित अस्पतालबाट भागे प्रहरीले गोली चलाउन सक्ने

अब कोरोना संक्रमित अस्पतालबाट भागे प्रहरीले गोली चलाउन सक्ने



काठमाडौं । कोरोना संक्रमित ब्यक्ति अस्पताल वा आईसोलेशनबाट भागेमा नियन्त्रणमा लिनका लािग प्रहरीले गोली चलाउने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले संक्रमित ब्यक्ति उपचारको क्रममा भागेको खण्डमा संक्रमित ब्यक्तिलाई पक्राउ गर्न गोलीसमेत चलाउन सक्ने निर्णय गरेको हो ।

नेपालका केहि अस्पताल र क्वारेन्टाइनबाट संक्रमितहरु भाग्न थाले पछि पर्सा प्रशाशन कार्यालयले गोली चलाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले अब कोरोना संक्रमित कोही भागेमा गोली हानेर नियन्त्रणमा लिन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।

बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’

उक्त निर्णय आउनु अघि नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित ब्यक्ति शौचालय जाने बहानामा फरार भएका थिए । प्रहरीले उनीहरूलाई पछि पक्राउ गरेको थियो । उक्त घटनालाई मध्यनजर गर्दै प्रशासनले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप कडा बनाउनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्