Logo

१५ दिन सरकारी कार्यालय बन्द, अत्यावश्यक बाहेकका सबै पसल बन्द गर्ने निर्णय

१५ दिन सरकारी कार्यालय बन्द, अत्यावश्यक बाहेकका सबै पसल बन्द गर्ने निर्णय



काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएपछि सरकारले निणन्त्रण्का लागि थप कदम चाल्ने भएको छ ।

जसअनुसार अब समपूर्ण १५ दिन सरकारी कार्यालय बन्द हुुने भएका छन । विहिबाबर गृह मन्त्रालयमा बसेको बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

गृहको उक्त निणर्यमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालका प्रमुखले सहमतिसमेत जनाईसकेका छन् । बैठकले आमनागरिकको आवत–जावत रोक्न वितरण भएका सवारी पासलाई समेत रद्द गरेको छ ।

त्यस्तै, बैठकले अत्यावश्यक बाहेकका पसलहरुसमेत बन्द गर्ने निर्णय गरेको छ। बैठकले उपत्यका भित्रिने नाकामा समेत सेना परिचालन गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL