Logo

यी हुन् आज बिहानै थपिएका कोरोना भाइरसका ९ संक्रमित (जिल्लासहित)

यी हुन् आज बिहानै थपिएका कोरोना भाइरसका ९ संक्रमित (जिल्लासहित)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा समेत दिनानु दिन बढ्दै गईरहेको छ । हालसम्म २५८ जना संक्रमित भएका छन भने ३५ जना निको भएर घर पर्किसकेका छन ।

शुक्रबार बिहानमात्रै ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार थपिएका संक्रमित ९ जना मध्ये १ जना मकवानपुरका हुन भने अन्य ८ जना बाँकेका हुन ।

संक्रमितहरु :

१. मकवानपुरका ३७ वर्षीय पुरुष, २. बाँके नैनापुरका १८ वर्षीय पुरुष, ३. बाँके नैनापुरका २० वर्षीय पुरुष, ४. बाँके नैनापुरका २२ वर्षीय पुरुष, ५. बाँके नैनापुरका २५ वर्षीय पुरुष, ६. बाँके नैनापुरका २५ वर्षीय पुरुष, ७. बाँके नैनापुरका २७ वर्षीय पुरुष, ८. बाँके नैनापुरका ३२ वर्षीय पुरुष, ९.बाँके नैनापुरका ३६ वर्षीय पुरुष

प्रतिक्रिया दिनुहोस्