Logo

सरकारको नीति तथा कार्यक्रम पेस गर्न मन्त्रिपरिषद बैठक बस्दै, यस्तो छ तयारी

सरकारको नीति तथा कार्यक्रम पेस गर्न मन्त्रिपरिषद बैठक बस्दै, यस्तो छ तयारी



काठमाडौं । सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लािग आजै मन्त्रिपरिषद बैठक बस्ने भएको छ । शुक्रबार चार बजे बस्ने संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ । साढे दुई बजे बस्ने मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने भएको हो ।

सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालन भइरहेको संसद बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL