काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल राज्यलक्ष्मी शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। बिहीबारदेखि पास नपाएर उतै अड्किएका उनिहरुलाई गृहमन्त्रालयले शुक्रबार बिहानै पास उपलब्ध गराएको हो । पास पाएपछि उनीहरु बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीबार रद्द भएको थियो। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका थिए।
बिहीबार जारी भएको पास गृहमन्त्रालयको स्वीकृत नभएको भन्दै रद्द गरिएको थियो। पछि गृहले पास दिन भनेपछि बिहीबार नै उनलाई पास दिइएको थियो।