Logo

विश्वमा कोरोनालाई जित्दै घर फर्के साढे १७ लाख मानिस, ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोनालाई जित्दै घर फर्के साढे १७ लाख मानिस, ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो (अपडेट)



काठमाडौं । कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या १७ लाख ४ हजार २६८ जना पुगेको छ । विश्वभर महामारीको रुपमा फैलिएको उक्त भाईरसले हालसम्म ३ लाख ३ हजार ४०५ जनाको ज्यान गईसेको छ भने संक्रमितको संख्या भने ४५ लाख २६ हजार ८५० पुगेको छ ।

लाईभ अपडेट गरिरहेका वल्डमिटर्शको तथ्याङ्क अनुसार उक्त भाईरसबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा भने ८६ हजार ९१२ जनाले ज्यान गुमाईसकेका छन भने संक्रमितको संख्या १४ लाख ५७ हजार ५९३ जना रहेको छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या ३ लाख १८ हजार २७ जना पुगेको छ ।

त्यस्तै स्पेनमा २ लाख ७२ हजार ६४६ संक्रमित पुगेको छ भने मृत्यु हुनेको संख्या२७ हजार ३२१, रसियामा २ लाख ५२ हजार २४५ संक्रमित रहेका छन भने मृत्यु हुनेको संख्या २ हजार ३०५ रहेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ३३ हजार १५१, इटालि २ लाख २३ हजार ९६, ब्राजिलमा २ लाख ३ हजार १६५, फ्रान्समा १ लाख ७८ हजार ८७०, जर्मनमा १ लाख ७४ हजार ९७५, टर्कि १ लाख ४४ हजार ७४९, इरानमा १ लाख १४ हजार ५३३ जना संक्रमित रहेका छन ।

त्यस्तै बढी संख्यामा मृत्यु हुने देशहरुमा भने अमेरिकार र स्पेन पछि बेलायतमा ३३ हजार ६१४, इटालि ३१ हजार ३६८, ब्राजिल १३ हजार ९९९, फ्रान्स २७ हजार ४२५ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्