Logo

रक्सोल-अमलेखगञ्ज पाइप लाइन निर्माणको सम्झौता आज, भारतको २ खर्ब लगानी

रक्सोल-अमलेखगञ्ज पाइप लाइन निर्माणको सम्झौता आज, भारतको २ खर्ब लगानी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ भदौ,काठमाडौं । रक्सोलदेखि अमलेखगञ्जसम्म पाइप लाइन निर्माणको सम्झौताअहिले सोमबार अपरान्ह्र हुँदैछ ।

सो सम्झौतामा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले  हस्ताक्षर गर्दै छन् ।  थापा र प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि पाइपलाइन निर्माणका लागि बाटो खुल्ने नेपाल आयल निगमले बताएको छ ।

निगमका अनुसार  समझदारी पत्रमा निर्माण, लागत, सुरक्षा, प्रयोग र हस्तान्तरणलगायतका विषय समेटिएका छन् । पाईपलाईनको २ खर्ब ७५ अर्ब रुपैयाँ लागत मध्ये भारतले २ खर्ब (७३ प्रतिशत) र नेपालले ७५ (२७ प्रतिशत) अर्ब रुपैयाँ बेहोर्ने छ । त्यस्तै निर्माणको लागत बढेमा सोहीअनुपातमा दुवै पक्षले थप लागनी गर्ने समझदारीपत्रमा व्यवस्था गरिएको छ ।

सम्झौता भएको ३० महिनाभित्रै निर्माण सम्पन्न गरिने बताइएको छ । पाईपलाईनको निर्माण इण्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने छ । ४१ किलोमिटरको लम्बाईको पाइपलाइनको ३९ किलोमिटर नेपालतर्फ र २ किलोमिटर भारततर्फ पर्दछ । पाईपलाईनको मोटाई १० दशमलव २ सेनटीमिटर हुने छ ।

पाईपलाईन निर्माण सम्पन्न भएको १५ वर्षसम्म संयुक्त रुपमा सञ्चालन गरिने छ । १५ वर्षपछि पाईपलाईन स्वतः नेपालको हुने व्यवस्था समझादारीपत्रमा रहेको घिमिरेले जानकारी दिए । उनका अनुसार प्रत्येक ५\५ वर्षमा समझदारी नविकरण गरिने छ ।

दुई मुलुकबीचको संयुक्त लगानीमा बन्ने पेट्रोलियम पाईपलाईन तेस्रो पक्षले समेत उपयोग गर्न सक्ने छन् ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले रक्सौलबाट पम्पिङ गरेर पाईपमार्फत पेट्रोलियम पदार्थ पठाउने छ । त्यसलाई निगमले रिसिभ गरी अमलेखगञ्जस्थित डिपोमा भण्डारण गर्ने छ । उक्त पाईपलाईनबाट एक पटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ पठाउन मिल्छ । एक पटकमा एक थरी पेट्रोलियम पदार्थमात्रै पठाउन मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL