Logo

थप ३ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या २४९ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या २४९ पुग्यो



काठमाडौं । बिहीबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका पत्ता लगाइएका हुन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्