Logo

कोरोना संक्रमित बढेसँगै सरकारको कडा कदम : गृहले खारेज गर्यो जिल्ला भित्रै चल्ने सवारी पास, हिडडुल गरे भाटे कारबाही

कोरोना संक्रमित बढेसँगै सरकारको कडा कदम : गृहले खारेज गर्यो जिल्ला भित्रै चल्ने सवारी पास, हिडडुल गरे भाटे कारबाही



काठमाडौं । शनिबारदेखि लागु हुने गरि गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पाससमेत खारेज गर्ने निर्णय गरेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमासमेत कोरोनाको संक्रमण देखिन थालेपछि गृहले जिल्ला भित्रका सवारी पास समेत खारेज गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको गृहको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पाससमेत खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । साथै उपत्यकालाई थप कडाई गर्नेसमेत निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

साथै पछिल्लो समय मानिसहरुको हिडडुल गर्ने क्रम बढेसँगै त्यसलाई समेत न्यूनिकरण गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । विशेषगरी स्थानीय तहसँगै सहकार्यमा प्रहरी परिचालन गरी हिडडुलमा समेत रोक लगाईने उनले जानकारी दिए । गृहको उक्त निर्णयसँगै प्रहरीले सामान्य हिडडुलमा थप कडाई गर्दै पैदल यात्रीहरुलाई भाटा कारवाहीसमेत गर्न थालिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्