Logo

काठमाडौंमा लकडाउन अझै कडा गरिँदै, यस्तो छ गृहको निर्णय

काठमाडौंमा लकडाउन अझै कडा गरिँदै, यस्तो छ गृहको निर्णय



काठमाडौं । काठमाडौंमा लकडाउन अझै कडा हुने भएको छ । बिहीबार गृहमन्त्रालयमा उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामा समेत कडाइ गर्नुपर्ने माग मेयरहरुले राखेका थिए । काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि बैठकमा एकमत भएको छ ।

यस्तै काठमाडौंमा लकडाउन खुकुलो पारे परिस्थिति नियन्त्रण बाहिर जानसक्ने भन्दै लकडाउनलाई अझै कडाई गरिने निर्णय गरिएको हो । गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL