Logo

यी सेवाका लागि आवश्यक पर्दैन सवारी पास, यस्तो छ सूची

यी सेवाका लागि आवश्यक पर्दैन सवारी पास, यस्तो छ सूची



काठमाडौं । नेपाल सरकारले लकडाउनको समयावधि दिनानुदिन बढाउँदै गईरहेको छ । यसैबीच केही खुकुलो भएको लकडाउन पुनः नेपालमा कोरोना संक्रमितमा बढोत्तरी भएपछि आजैदेखि लकडाउन थप कडाई गरिएको छ भने हालसम्म जारी गरिएका विभिन्न प्रकारका पासहरु सबै रद्ध गरिएको छ ।

तर सरकारले यस्तो बेलामा नागरिकहरुकहाँ अत्यावश्यक सेवा तथा वस्तु पुर्याउनका लागि भने केही क्षेत्रका लागि भने हिँडडुल गर्न तथा आवतजावत गर्नका लागि छुट दिएको छ ।
सरकारले अत्यावश्य बस्तु ढुवानीका लागि तथा नागरिकमा सेवा प्रवाहका लागि पास नचाहिने गरी छुट दिएका सेवाहरु निम्न प्रकारका छन् ।

-शबबाहन, एम्बुलेन्स, दमकल ।
-झण्डावाल सवारीसाधन ।
-कुटनीतिक उन्मुक्ती तथा सुविधाप्राप्त व्यक्तिहरु तथा संघसंस्थाहरु ।
-सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त संचारकर्मीहरु ।
-स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासीस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधि उत्पादन, वितरण, ढुवानी तथा विक्रीवितरण गर्ने जनशक्तीहरु ।
-खानेपानीको मर्मतसम्भार तथा वितरणमा संलग्न जनशक्तीहरु ।
-फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ती ।
-ठुला खाद्य स्टोरमा कार्यरत जनशक्ती ।
-अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारीसाधनहरु ।

सरकारले माथिका कुनैपनि सेवाका लागि पास नचाहीने व्यवस्था गरेको छ । तर यसका लागि भने सम्बन्धीत संघसंस्था वा कार्यरत कार्यालयको सक्कली परिचयपत्र भने आवश्यक पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्