काठमाडौं । नवलपरासीको एक पुरुषमा कोरोना संक्रमितको देखिएको छ । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार नवलपरासीको देवचुली नगरपालिका १२ निवासी ४९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ जना पुगेको छ । स्वास्थ्यकर्मीको निगरानीमा रहेको र हाल उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।