Logo

टिचिङ अस्पतालमा भेटिए कोरोना संक्रमित, अस्पताल सिल गर्न आकस्मिक बैठक बस्दै

टिचिङ अस्पतालमा भेटिए कोरोना संक्रमित, अस्पताल सिल गर्न आकस्मिक बैठक बस्दै



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक जना बिरामीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिरामीको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको ब्यवस्थापलाई थप सहज बनाउन आकस्मिक बैठक बोलाएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा अप्रेशनका लागि भर्ना भएका बिरामीमा कोरोना भाईरस संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ । संक्रमित देखिए पछि अस्पताल शिल गर्ने नगर्ने निर्णय अहिले बस्ने अस्पताल ब्यवस्थापनको बैठकले तय गर्ने छ । विशेषगरी जुन वार्डको विरामीमा कोरोना पोजेटिभ देखिएको सोही वार्ड मात्र बन्द गर्ने तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कपिलवस्तुकी ६ वर्षीया बालिका कोरोना संक्रमित भएको आज स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । तर, ती बालिका शिक्षण अस्पतलमा घाँटीको अप्रेशन गर्न भर्ना भएकी थिईन । चौथो पटक अप्रेशनका लागि भर्ना भएकी सो बालिकाको अब अप्रेशन गर्ने वा नगर्ने भन्ने विषयमा समेत छलफल भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्