Logo

कोरोना संक्रमितको संख्या साढे ४४ लाख नजिक, उपचार पछि साढे १६ लाख बढी घर फर्के (अपडेट)

कोरोना संक्रमितको संख्या साढे ४४ लाख नजिक, उपचार पछि साढे १६ लाख बढी घर फर्के (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या ४४ लाख २९ हजार २२३ जना पुगेको छ । त्यस्तै संक्रमित पछि उपचार गरेर घर फर्कनेको संख्या भने १६ लाख ५८ हजार ९६९ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ९८ हजार १६५ जना पुगेको छ ।

हालसम्म अमेरिकामा मात्रै संक्रमितको संख्या १४ लाख ३० हजार ३४८ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ८५ हजार १९७ जना पुगेको छ । त्यस्तै अमेरिका पछि दोस्रोमा रहेको स्पेनमा संक्रमितको संख्या २ लाख ७१ हजार ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या २७ हजार १ सय ४ जना रहेको छ ।

रसियामा संक्रमितको संख्या २ लाख ४२ हजार २७१, बेलायतमा २ लाख २९ हजार ७०५, इटालिमा २ लाख २२ हजार १०४, ब्राजिलमा १ लाख ९० हजार १३७, फ्रान्स १ लाख ७८ हजार ६०, जर्मन १ लाख ७४ हजार ९८, टर्किमा १ लाख ४३ हजार ११४, इरानमा १ लाख १२ हजार ७२५ जना रहेको छ ।

त्यस्तै ५० हजार जना भन्दा बढी संक्रमित हुने देशहरुमा चीन, भारत, पेरु, क्यानाडा, र बेल्जियम रहेको छ भने ५० हजार भन्दा कम १० हजार भन्दा बढी संक्रमित हुने देशहरुमा साउदी अरेबिया, नेदरल्याण्ड, मेक्सीको, पाकिस्तान, चिली, इक्वडर, स्वीजरल्याण्ड, पोर्चुगल, स्वीडेन, कतार, बेलारुस, सिंगापुर, आयरल्याण्ड दुबई, बंगलादेश, पोल्याण्ड, इजरायल, युक्रेनियम, जापान, रोमानिया, अष्ट्रिया, रोमानिया, इन्डोनेसिया, कोलोम्बिया, दक्षिण अफ्रिका, फिलिपिन्स, रिपब्लिक, कुवेत, दक्षिण कोरिया, डेनमार्क, इजिप्ट र सर्विया रहेका छन ।

पछिल्लो २४ घण्टामा मात्रै ८८ हजार २ सय २० जना नयाँ संक्रमित थपिएका छन भने मृत्यु हुनेको संख्या ५ हजार ३ सय १४ जना रहेका छन । नेपालमा भने हालसम्म २५० जना संक्रमित देखिएका छन भने ३५ जना निको भएर घर फर्कि सकेका छन ।

प्रतिक्रिया दिनुहोस्