Logo

सुरक्षाकर्मीमा पनि कोरोनाको कहर, कपिलवस्तुका ८ संक्रमितमध्ये दुई सई र एक जना अनुसन्धानका असई

सुरक्षाकर्मीमा पनि कोरोनाको कहर, कपिलवस्तुका ८ संक्रमितमध्ये दुई सई र एक जना अनुसन्धानका असई



काठमाडौं । कपिलवस्तुका ८ जना संक्रमितमध्ये ३ जना सुरक्षाकर्मी रहेको खुलासा भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका मध्ये अन्य पाँच जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएका बताइएको छ।

बुधबार संक्रमण पुष्टि भएका सुरक्षाकर्मीहरुमध्ये एक जना सशस्त्रका सई, एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पुष्टि गरे।

यसअघि मंगलबार मात्रै जिल्ला स्थित तौलिहवा जिल्ला अस्पतालकी एक नर्समा कोरोना संक्रमण देखिएको थियो। जिल्लामा हालसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्