Logo

बुधबार थपिए २६ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या २४३ पुग्यो

बुधबार थपिए २६ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या २४३ पुग्यो



काठमाडौं । नेपालमा बुधबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा एक जना कुल २६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४, १० र २८ वर्षीय महिलामा संक्रमण देखिएको छ । कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४० र ४२ र ४२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पर्सामा ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिलामा संक्रमण देखिएको छ भने नवलपरासीमा ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो बाँके र कपिलवस्तुमा एक–एक जनामा संक्रमण देखिएको थियो । बुधबार २६ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमित संख्या २४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्