Logo

भारतको थिचोमिचो रोक्न सांसद बिडारीको नयाँ फर्मुला : भारतसँगको सीमामा तारजाली लगाउ, रातिराति करेन्ट छोडौं

भारतको थिचोमिचो रोक्न सांसद बिडारीको नयाँ फर्मुला : भारतसँगको सीमामा तारजाली लगाउ, रातिराति करेन्ट छोडौं



काठमाडौं । राष्ट्रियसभा सांसद रामनारायण विडारीले नेपालको पूर्व, पश्चिम र दक्षिण सीामानामा तारजाली लगाउन सरकारसँग माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बिंडारीले देश जहिले आक्रान्तमा पर्छ भारतले त्यहीबेला थिचोमिचो गरेको भन्दै अहिले सबै एकजुट भएको बेला तारजाली लगाउनु पर्ने उनले माग गरेका हुन्। ‘

देश अहिले दुई किसिमले आक्रान्त परेको छ भन्दै बिंडारीले कोरोनाले प्राकृतिक रूपमा र छिमेकी हेपाइ मानवीय रूपमा आइरहेको बताए । मोदी सरकार जहिले आयो त्यहीलेदेखि हैरान पारेको भन्दै उनले कहिले संविधान जारी गर्न पाइँदैन भनेर उफ्रिने र कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दीको हैरानी, कहिले कोरोना ग्रस्त भएकोबेला सीमामा मनलाग्दी गरेको बताए ।

त्यसैले अबको आर्थिक वर्षमा तारजाली लगाएर रातिराति करेन्ट छोड्ने र दिउँसो करेन्ट निकाल्ने काम गर्नुपर्ने उनले बताए। ‘अबको आर्थिक वर्षमा तारजाली लगाएर रातिराति करेन्ट छोड्ने, दिउँसो करेन्ट निकाल्ने र त्यो तारजाली नेपालको पूर्वदेखि दक्षिणसम्म लगाउनुपर्छ। यो काम तत्काल गर्नुपर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
MBL