Logo

उपचार गर्दै गर्दा २ जना कोरोना संक्रमित अस्पतालबाटै फरार, खोजीकार्य तिब्र

उपचार गर्दै गर्दा २ जना कोरोना संक्रमित अस्पतालबाटै फरार, खोजीकार्य तिब्र



काठमाडौं । बुधबार नारायणी अस्पतालबाट दुई जना कोरोना भाइरस संक्रमित फरार भएका छन् ।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमित फरार भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी फरार भएको हो ।

फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु पर्सा छोडेर अन्यत्र नगएकाले खोजिकार्य तिब्र बनाएको छ । पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्