Logo

तातोपानी भन्सार नाका सञ्चालन गरिने, निर्माणाधिन बन्दरगाह यथाशीघ्र निर्माणको सहमति

तातोपानी भन्सार नाका सञ्चालन गरिने, निर्माणाधिन बन्दरगाह यथाशीघ्र निर्माणको सहमति


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ भदौ,काठमाडौं । भूकम्पले क्षतिग्रस्त तातोपानी–खासा तथा रसुवागढी–जिलोङ भन्सार नाका यथाशीघ्र सञ्चालन गर्ने र लार्चा्स्थित निर्माणाधीन सुक्खा बन्दरगाह जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने सहमति भएको छ ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच शनिबार भएको सहसचिवस्तरीय सहमतिमा दुई देशबीच व्यापार प्रवद्र्धनका लागि हाल सञ्चालनमा रहेका छ ओटा भन्सार नाकामा पूर्वाधारको विकास गर्ने सहमति भएको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र तिब्बतको प्रतिनिधि मण्डलका प्रमुख डेप्युटी सेक्रेटरी जनरल काइडेन नान्जीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सन् २००९ मा गठन भएको नेपाल तिब्बत व्यापार सहजीकरण समितिको काठमाडौँमा शनिबारै सम्पन्न छैटाँै बैठकले गोरखा (छेकम्पार र लार्के), दोलखा (लामाबगर) र मुगु जिल्लाबाट तिब्बत जोड्ने अतिरिक्त तीन व्यापारिक मार्ग स्थापनाका लागि सम्भाव्यता अध्ययन तथा पूर्वतयारी शुरु गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL