Logo

भीम रावलको सुरक्षागार्डमा कोरोना देखिएपछि नेकपा स्थायी समिति बैठक स्थगित, बीच बाटोबाटै फर्किए नेताहरु

भीम रावलको सुरक्षागार्डमा कोरोना देखिएपछि नेकपा स्थायी समिति बैठक स्थगित, बीच बाटोबाटै फर्किए नेताहरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएपछि नेकपा स्थायी कमिटि बैठक स्थगित भएको छ । विहान ११ बजेलाई डाकिएको बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

अब नेकपाको अर्काे बैठक सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र हुने स्रोतको भनाई छ । उक्त बैठक स्थगन भएसँगै नेकपा केन्दिय कार्यालय जाँदै गरेका केही नेताहरु बिच बाटोबाटै फर्किको स्रोतले जानकारी दिएको छ ।

भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता श्रीमती सुत्केरी भएर घरबिदामा बसेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्