Logo

काठमाडौंका तीन जना नयाँ संक्रमितको यात्रा विवरण, को कहाँबाट आएर कहाँ बसेका थिए ?

काठमाडौंका तीन जना नयाँ संक्रमितको यात्रा विवरण, को कहाँबाट आएर कहाँ बसेका थिए ?



काठमाडौं । मंगलबार एकै दिन ८३ नयाँ कोरोना संक्रमित देखिए । यसरी एकैदिन ठुलो संख्यामा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनलाई अझै कडाई गर्ने निर्णय गरिसकेको छ । नेपालमा कुल संक्रमितको संख्या २ सय १७ पुगेपछि काठमाडौंमा पनि यसका संक्रमित देखिएका छन् ।

२ हप्ताअघि कोरोना शुन्य घोषणा गरिएको काठमाडौंमा पुनः संक्रमित देखिएपछि सरकारले काठमाडौंमा आएका संक्रमितको ट्र्यास तिव्र पारेको थियो । सोही तिव्रता अनसार काठमाडौं आएका संक्रमित भने दुई महिला कञ्चनपुर र सुनसरीबाट आएको खुलेको छ । एक जना महिला कञ्चनपुरबाट र अर्की महिला सुनसरीबाट काठमाडौं आएको स्रोतले जानकारी दिएको छ ।

कञ्चनपुरबाट आएकी महिला काठमाडौं चन्द्रागिरी नगरपालिकाको भएको बताइएको छ भने अर्की महिला सुनसरी घरमा पुगेर आएकी थिइन् । अर्का एक पुरुषको यात्रा विवरण भने खुलिसकेको छैन । तीनै जना अहिले टेकु अस्पतालमा छन् । धेरै दिनको अन्तरालपछि पछिल्लो पटक काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित यही लकडाउनबीच उपत्यका प्रवेश गरेको पाइएको छ ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन् ।

तीमध्ये काठमाडौं चन्द्रागिरी नगरपालिका–९ की छन् । उनी यही वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको पाइएको छ । उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी थिइन् ।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट यही वैशाख २९ गते नै काठमाडौं उपत्यका छिरेको खुलेको छ । उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन् ।

भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएका थिए । भक्तपुरका संक्रमित महिलाको डेरा ठिमीमा छ भने पुरुषको डेरा दुवाकोटमा रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्