Logo

काठमाडौं उपत्याकामा फेला परेका कोरोना संक्रमित नेकपा नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान

काठमाडौं उपत्याकामा फेला परेका कोरोना संक्रमित नेकपा नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान



काठमाडौं । काठमाडौं उपत्याकामा मंगलबार फेला परेका कोरोना संक्रमित पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान रहेको पुष्टि भएको छ ।

ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा स्थायी अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर नयाँठिमीमा बस्दै आएको खुलेको छ ।

उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्