Logo

सीमा रक्षाका लागि सशस्त्र प्रहरीको टोली कालापानी प्रस्थान, प्रहरी निरीक्षकको नेतृत्वमा चेकपोस्ट

सीमा रक्षाका लागि सशस्त्र प्रहरीको टोली कालापानी प्रस्थान, प्रहरी निरीक्षकको नेतृत्वमा चेकपोस्ट



काठमाडौं । नेपाली भूमि मिचिएको कालापानी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली आज (वुधबार) विहान प्रस्थान गरेको छ । नेपाली सेनाको होलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

काठमाडौंबाट आज बिहान गृहमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार प्राडा इन्द्रजीत राई, सशस्त्र प्रहरीकै एआईजी नारायण थापालगायतका टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारले सिमा सुरक्षार्थ सीमा सुरक्षा चेकपोस्ट (बिओपी) राख्ने निर्णय गरेसँगै गृहले सशस्त्र प्रहरीको प्रहरी निरीक्षकको टाली खटाएको हो ।

उनीहरुले बुधबार कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना गरिने कार्यक्रम रहेको छ । सरकारले ऐतिहासिक रुपमा यो सुरक्षा क्याम्प पहिलो पटक स्थापना गरिएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहित छाङरु पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
तर सो बिओपीमा भने सशस्त्रको प्रहरी निरीक्षकको कमाण्डमा २५ प्रहरी रहने आवश्यक पगरे थप गरिने समेत उनले जानकारी दिए ।

सरकारले विओपी स्थापनाका लागि ११ करोड बजेट समेत बिनियोजन गरिसकेको जानकारी दिएको छ । ती सुरक्षाकर्मीहरु कालापानी, लिम्पियाधुराको रक्षार्थ खटिनेछन् ।


प्रतिक्रिया दिनुहोस्
MBL