Logo

मोदीले घोषणा गरे बीस लाख करोड रुपैयाँको आर्थिक प्याकेज, नेपालले कहिले गर्ला ?

मोदीले घोषणा गरे बीस लाख करोड रुपैयाँको आर्थिक प्याकेज, नेपालले कहिले गर्ला ?



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पाँचौ पटक सम्बोधन गर्दै करिब २० लाख करोड भारतीय रुपैयाँको प्याकेज घोषणा गरेका छन् । उनले यो प्याकेजलाई जिडिपीको करिब १० प्रतिशत रकम बताएका छन् ।

उनका अनुसार यसलाई देशका विभिन्न वर्गका लागि आर्थिक व्यवस्थाको कडीका रुपमा २० लाख करोडको समर्थन मिल्ने छ । यो प्याकेजले सन् २०२० मा देशको विकास यात्रा र आत्मनिर्भर भारत अभियानलाई एक नयाँ गति दिने बताएका छन् । यसलाई उनले जमीन, मजदूरी, लिक्विडिटी तथा लज सबैमा दिने बताएका छन् ।

यो प्याकेज भारतका साना उद्योग, गृह उद्योग, लघुमझौता उद्योगका लागि भएको पनि उनले बताएका छन् । यसले आत्मनिर्भर भारतको संकल्प पूरा गर्ने उनले बताएका छन् । यनले यसलाई पाँच पिलर भन्दै पाँच भागमा विभाजन समेत गरेका छन् ।

उनले पहिलो पिलरका रुपमा अर्थतन्त्रलाई लिएका छन् । त्यस्तै, दोस्रो भौतिक निर्माण, तेस्रो, भारतको सिस्टम, चौथौं भारतको डेमोग्राफी र पाँचौ मागलाई बताएका छन् ।

नेपालमा पनि सबै क्षेत्रले सरकारसँग आर्थिक प्याकेजको माग गरिरहेपनि सरकारले अहिलेसम्म त्यस्तो कुनै आर्थिक प्याकेज घोषणा गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL