Logo

रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौता सोमबार ,भारतका पेट्रोलियम मन्त्री नेपाल आउदै

रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौता सोमबार ,भारतका पेट्रोलियम मन्त्री नेपाल आउदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ भदौ,काठमाडौं । नेपाल र भारत सरकारबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी औपचारिक सम्झौता सोमबार हुने भएको छ ।

नेपाल आयल निगम लिमिटेडले सम्झौतामा हस्ताक्षर गर्न यही भदौ ६ गते भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पाेरेसनका अध्यक्षलगायत ११ सदस्यीय टोली नेपाल आउने जानकारी गराएको छ ।

दुबै मुलुकका सरकारबीच सम्झौतापछि निर्माण हुने पाइपलाइन विस्तारले मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

दैनिक बन्द र हडताल भइरहेको अवस्थामा पनि निगमले पेट्रोलियम पदार्थको अभाव हुन नदिएको जानकारी गराउँदै उनले बन्दकर्तालाई दैनिक आवश्यकताका वस्तुको आपूर्तिमा अवरोध नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL