Logo

लकडाउन थप कडा बनाउने सरकारको निर्णय : सबै सवारी पास रद्द, एक जिल्लाबाट अर्कोमा जान पूर्ण निषेध

लकडाउन थप कडा बनाउने सरकारको निर्णय : सबै सवारी पास रद्द, एक जिल्लाबाट अर्कोमा जान पूर्ण निषेध



काठमाडौं । सरकारले कोरोना संक्रमको संख्या ह्वात्तै बढेसँगै जारी लकडाउनलाई थप कडाउने बनाउने निर्णय गरेको छ । यस अघि सरकारले लकडाउनको मोडल परिमार्जन गर्दै केही खुलुको बनाएपनि कोरोना संक्रमणले भयाबहको रुप लिएपछि थप कडा बनाउने निर्णय गरेको हो ।

यससँगै गृह मन्त्रालयले सवारीपास रद्द गर्ने निर्णय गरेको छ । यस अघि अत्यावश्यकी सेवा तथा भिआईपीका नाममा पास वितरण गरेपनि बढी आवतजावत हुन थालेपनि गृह मन्त्रालयले हालसम्म जारी भएका सबै सवारीपास रद्द गर्ने निर्णय गरेको हो । यस अघि पहुँचको आधारमा सवारीपास लिएर हिडडुल गर्ने क्रम बढेसँगै त्यसलाई मध्यनजर गर्दै सरकारले हालसम्म जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको गृहले जानकारी दिएको छ । तर पत्रकारलाई भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने भएको छ ।

यसैबीच सरकारले एक जिल्लाबाट अर्को जिल्लाामा जान पनि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्