Logo

नेपालमा भयाबह बन्दै कोरोना : एकैदिन ७४ जनामा संक्रमण पुष्टि

नेपालमा भयाबह बन्दै कोरोना : एकैदिन ७४ जनामा संक्रमण पुष्टि



काठमाडौं । सरकारले पीसीआर प्रविधिबाट कोरोना परीक्षणलाई तीब्रता दिएसँगै कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको छ ।

आज दिनभरको परीक्षण रिपोर्टमा ७४ जनाको कोरोना संक्रमण पुष्टि भैसकेको आजैमात्र यो संख्या १ सय भन्दा बढी हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिए ।

प्रयोगशालाका अनुसार मंगलबार दिउसो ५७ जनामा कारोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै थप ३० जनाको पीसीआर परीक्षणमा १७ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा प्रदेश नम्बर २ र ५ का मासिनहरु रहेका छन् । यससँगै नेपालमा कोरोना सक्रमितको संख्या २०८ पुगेको छ ।

तर आज (मंगलबार) बेलुकी सम्ममा यो संख्या बढ्ने समेत प्रयोगशालाले जानकारी दिएको छ । ‘पीसीआर प्रविधिबाट परीक्षण भैरहेको नमुनामध्ये आज वेलुकी ८ बजेसम्मका थप १२० जनाको नजिता आउने छ,’ प्रयोगशाला स्रोतले भन्यो, ‘त्यसमा पनि एकतिहाई भन्दा बढिमा कोरोना संक्रमण पुष्टि हुने देखिएको छ ।’

अहिलेसम्मको अवस्था हेर्दा मंगलबारमात्रै कोरोना संक्रमितको संख्या १ सयभन्दा बढी थपिने प्रयोगशालाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्