Logo

अधिकाशं कोरोना संक्रमित भारतबाट प्रवेश, १९१ मध्ये कुन जिल्लामा कति ? (सूचीसहित)

अधिकाशं कोरोना संक्रमित भारतबाट प्रवेश, १९१ मध्ये कुन जिल्लामा कति ? (सूचीसहित)



काठमाडौं । नेपालमा पहिलो पटक गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतिमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उक्त संख्या १९१ पुगेको छ । पहिलो पटक हवाई उडानबाट आएका ब्यक्तिलाई कोरोना संक्रमित देखिए पनि पछिल्लो समयमा भने स्थलमार्गबाट आएकाहरुलाई समेत संक्रमण देखिएको हो ।

स्थलमार्गबाट आउनेहरुमा भने भारतबाट नेपाल आएको तराई क्षेत्रका स्थानीयहरुमा उक्त संक्रमण तिब्र रुपमा फैलँदो अवस्थामा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सबै भन्दा बढी संक्रमितको संख्या पर्शामा रहेको छ ।

पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएकामध्ये अधिंकाश भारतबाट प्रवेश गरेको पाईएको छ । उनीहरुलाई नेपालमा आएपछिभन्दा पनि भारतमै कोरोना संक्रमण भएर नेपाल प्रवेश गरेको भेटिएको हो । सुरुवाती चरणमा उदयपुर र नेपालगञ्जमा भेटिएका ठूलो संख्यामा कोरोना संक्रमित पनि भारतबाट प्रवेश गरेका थिए ।

जसमध्ये नेपालगञ्जका भारतबाट नेपाल प्रवेश गरेका नेपाली थिए भने उदयपुरमा भेटिएका कोरोना संक्रमित पनि भारत हुँदै नेपाल प्रवेश गरेका मस्लिम थिए । त्यसैपछि पछिल्लो समय दैनिक रुपमा भेटिएका कोरोना संक्रमित पनि भारतीबाट नेपाल प्रवेश गरेका नेपालीहरु रहेको २ नम्बर प्रदेशले जानकारी दिएको छ ।

पर्शामा हालसम्म ६४ जनामा संक्रमण देखिएको छ भने दोस्रोमा उदयपुरमा ३२ जनामा संक्रमण देखिएका छन । त्यस्तै कपिलवस्तुमा २९ जना, बाँकेमा २४ जना, रुपन्देहीमा १६ जना, काठमाडौंमा र कैलालीमा ४/४ जना, बारामा ३, रौतहटमा ३ जना, बाग्लुङ, चितवन र झापामा २/२ जना, धादिङ, कन्चनपुर, सप्तरी, बर्दिया, सर्लाही र भोजपुरमा १/१ गरि कुल १९१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै उपचार पछि घरफर्कनेको संख्या भने ३३ जना रहेको छ । जस मध्ये उदयपुरका १४ जना, काठमाडौं ४, कैलाली ४, पर्शामा ३, बाग्लुङमा २, चितवन, धादिङ, कन्चनपुर, रौतहट, भोजपुर र झापाका १/१ जना गरि ३३ जना भने निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्