Logo

भोलिदेखि लकडाउन थप कडा हुने, छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

भोलिदेखि लकडाउन थप कडा हुने, छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउन थप कडा बनाउने तयारी गरेको छ । सोमबार र मंगलबार दुई दिनमै ८१ जना संक्रमित थपिएसँगै सरकारले लकडाउनमा कडाईका लागि छलफल थालेको हो ।

शुक्रबारदेखि उच्चस्तरीय समितिको सुझावका आधारमा वैंक वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरु खुला भएसँगै काठमाडौंलगायत देशका प्रमुख शहरमा एक्कासी चहलपहल बढेको थियो ।

संक्रमणको जोखिम उच्च बिन्दुमा रहेको भन्दै संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको ५० औं दिनमा आज एकैदिन अहिलेसम्मकै धेरै ५७ जना संक्रमित भेटिएका छन् । हाल सरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा काठमाडांैमा लकडाउन खुकुलो हुँदा औचित्यहिन देखिएको बताएका थिए । प्रधानमन्त्रीले लकडाउन पालना नहुँदा भयावह अवस्था आउन सक्ने भन्दै कडा कदम चाल्न निर्देशन दिएसँगै आजै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर छलफल हुने भएको छ । समितिले आगामी ५ जेठसम्म रहेको जारी लकडाउनको पुर्नसमीक्षा पनि गर्ने समितिका एक सदस्यले बिजखबरलाई जानकारी दिए ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

हाल सरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL