Logo

मंगलबार एकै दिन थपिए ५७ जना कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

मंगलबार एकै दिन थपिए ५७ जना कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो



काठमाडौं । पहिलोपटक मंगलबार एकै दिन ५७ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ५७ जनाका कोरोना संक्रमण पुष्टि भएको मन्त्रिपरिषदको एक मन्त्रीले बिजखबरलाई जानकारी दिएका छन ।

यस अघि सोमबार मात्रै २४ जनामा संक्रमित देखिएको थियो । थप ५७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ जना पुगेको छ । थपिएका संक्रमितका बारेमा आजै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकारसम्मेलनमार्फत जानकारी गराउनेछन ।

सोमबार थपिएका संक्रमितहरु बर्दिया, कपिलबस्तु, रुपन्देहि र सप्तरीका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरु मध्ये अधिकांश २० देखि ५० वर्ष उमेर समुहका छन् ।

प्रतिक्रिया दिनुहोस्