Logo

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या साढे ४२ लाख, उपचार पछि घर फर्कने १५ लाख नाघ्यो

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या साढे ४२ लाख, उपचार पछि घर फर्कने १५ लाख नाघ्यो



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसका कारण ४२ लाख ५५ हजार ९४० जना संक्रमित देखिएको छ । त्यस्तै उपचार पछि घर फर्कनेको संख्या १५ लाख २७ हजार ४८७ जना र सोही भाईरसका कारण ज्यान गुमाउनेको संख्या भने २ लाख ८७ हजार ३३२ जना रहेको छ ।

निरन्तर अपडेटमा रहेको वल्डमिटर्शका तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै १३ लाख ८५ हजार ८३४ जना संक्रमित रहेका छन भने मृत्यु हुनेहरुको संख्या भने ८१ हजार ७९५ जना रहेको छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या भने २ लाख ६२ हजार २२५ जना रहेको छ ।

संक्रमित मध्ये शिर्ष १० मा रहेका देशहरु अमेरिकासँगै स्पेनमा २ लाख ६८ हजार १४३, बेलायत २ लाख २३ हजार ६०, रसियामा २ लाख २१ हजार ३४४, इटालिमा २ लाख १९ हजार ८१४, फ्रान्समा १ लाख ७७ हजार ४२३, जर्मनमा १ लाख ७२ हजार ५७६, ब्राजिलमा १ लाख ६९ हजार ५९४, टर्किमा १ लाख ३९ हजार ७७१ र इरानमा १ लाख ९ हजार २८६ जना संक्रमित रहेका छन ।

पछिल्लो २४ घण्टामा मात्रै ७४ हजार २२८ जनामा नयाँ संक्रमित देखिएका छन भने ३ हजार ४ सय ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै नेपालमा भने हालसम्म संक्रमितको संख्या १३४ जना पुगेको छ भने नयाँ संक्रमितको संख्या २४ जना रहेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ३३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्