Logo

एकै दिन भेटियो २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

एकै दिन भेटियो २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो



काठमाडौं । सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमित देखिएको छ । थप संक्रमितसँगै संक्रमितको संख्या १३४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सोमबार बिहान ११ जनामा संक्रमित देखिएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बेलुका भने कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभुमी नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ बर्षिया पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० बर्षिया पुरुष तथा बर्दियाराजपुरका ११ बर्षिया महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्