काठमाडौं । भारतसँको सिमा विवादको विषयमा सरकार संचालन गरिहेको पार्टीभित्रै अन्तरविरोध चलिरहेको अवस्थामा ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेताको प्रस्तावमा समर्थन गरेका छन् ।
सत्ता संचालनमा विषयमा लामो समयसम्म शक्ति सन्तुलको जोडघटाउमा लागेका दुई गुट सिमा विवादको विषयमा भने एकै ठाउँमा उभिएका छन् । पोखरेले माधव नेपालले भारतसँगको सिमा नाकामा तारवार लगाउन गरेको प्रस्तावलाई सामयिक र दुरगामी महत्वको प्रस्तावका भन्दै प्रशंसा गरेका छन् ।
‘पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो,’ उनले आफ्नो फेसवुक पेजमार्फत भनेका छन्, ‘कोभिड १९को महामारीका विरुद्धको लकडाउन र सिमा नाका वन्दगर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सिमाको जटिलता महसुस गराएको छ ।पछिल्लो समय नेपालमा कोभिड १९ का संक्रमितहरु वढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो ।’
हाल भन्सारविन्दुका नाका वाहेक अरु ठाउवाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड १९को संक्रमण नियन्त्रणगर्न सहज हुने भन्दै सिमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भएपनि नेपाल भारत बीचको सिमानामा तारवारगर्नु आवश्यक लगाउनु आवश्यक रहेको उनको भनाई थियो ।
साथै नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्ने समेत उनको माग छ ।