Logo

कोरोना संक्रमण बढेसँगै कपिलवस्तु जेठ ५ गतेसम्म सिल गर्ने निर्णय, एकै जिल्लामा १५ संक्रमित

कोरोना संक्रमण बढेसँगै कपिलवस्तु जेठ ५ गतेसम्म सिल गर्ने निर्णय, एकै जिल्लामा १५ संक्रमित



काठमाडौं । कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि आजै साँझ ५ बजेदेखि जेठ ५ गते सम्म कपिलवस्तु सिल गर्ने निर्णय गरेको हो।

लकडाउनका बेला पनि छिमेकी मुलुक भारतबाट लुकिछिपी जिल्ला भित्रिने क्रम नरोकिएपछि सुरक्षा समिति जिल्ला सिल गर्ने निर्णयमा पुगेको हो। सोमबारमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

यसअघि कपिलवस्तुमा पाँच जनामा कोरोनाको संक्रमण देखिएको थियो। अहिलेसम्म कपिलवस्तुमा १५ जना कोरोनाका संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL