Logo

कोरोना संक्रमणको बेला बिधार्थीलाई यसरी सुरक्षित राख्न सकिन्छ : डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमणको बेला बिधार्थीलाई यसरी सुरक्षित राख्न सकिन्छ : डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ



काठमाडौं । विश्व स्वास्थ्य संगठन ( WHO ) ले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने जनाएको छ | विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने जनाएका छन् | कोभिड १९ बिरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् | यो अबधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क / पंजा / चस्मा आदिको प्रयोग गर्ने लगायत रोकथामका उपाय गर्नुको बिकल्प छैन |
.
कोरोना संक्रमणले बिद्यार्थीलाई ठूलो असर गरेको छ | यो महामारीको विच पठनपाठन सुरक्षित बनाउन सरकार तथा बिद्यालयले निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ |
.
– सम्बन्धित कक्षाको पाठ्यक्रम अनुसार अनलाइन कक्षामा एकरुपता ल्याउने | त्यसको लागि सरकार र विद्यालयले बिद्यार्थीलाई हाइस्पीडको इन्टरनेट निशुल्क उपलब्ध गराउने |
– रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने |

– रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने |
– स्कुलबसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने |
– भौतिक दुरी कायम गर्न स्कुलमा प्रि फ्याबका टहरा बनाउने |
– घटीमा १ मिटरको दुरी हुने गरि प्रत्येक बिध्यार्थिलाई सिंगल टेबल जोडिएको कुर्सिको ब्यबस्था गर्ने |
– बिद्यालयको गेटमा बिद्यार्थी तथा शिक्षकको दैनिक रुपमा तापक्रम लिने तथा रुघाखोकी लागे नलागेको परिक्षण गरेर मात्र बिद्यालयभित्र जाने अनुमति दिने |
– मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने |

– बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्ने |
– सौचालयको संख्या बढाउने | सौचालयलाई पटक पटक निर्मैलिकरण गर्ने |
– सामुहिक गतिबिधि जस्तै प्रार्थना, खेलकुद वा अन्य गतिबिधि नगर्ने |
– स्कुल बस तथा भ्यानलाई साबुनपानी, क्लोरिन पानी र लाइसोलले दैनिक धोएर निस्संक्रमित बनाउने |

– भौतिक दुरी कायम गर्नको लागि हरेक कक्षाका बिद्यार्थीलाई १ दिन बिराएर स्कुल जाने ब्यबस्था गर्ने | यसोगर्दा बिद्यालय आउने दिन प्रयोगात्मक शिक्षा लगायत पढाउने तथा अर्को दिनको लागि होमवर्क दिने एबम अनलाइन कक्षा गर्ने |
– बिद्यालयमा नर्स अनिबार्य रुपमा राख्ने |

– भर्ना शुल्क, मासिक शुल्क लगायतमा एकरुपता ल्याउने | यो संकटको बेला सेवामुखी र आत्मनिर्भर बन्ने | मुनाफाको योजना कोरोना संक्रमण नियन्त्रण भएपछि मात्र बनाउने |
– होस्टेल तथा क्यान्टिन सकभर नचलाउने | पानी, खाजा घरबाट ल्याउने चलन चलाउने |
.
सबैले बुझ्नु जरुरी छ कि स्कुलमा १ जना संक्रमित भएमा पुरै विधार्थीलाई रोग सर्ने, उनीहरुको अभिभावकलाई सर्ने हुँदै समाजमा संक्रमण फैलिन सक्छ | त्यसैले जीवनलाई पहिलो प्राथमिकतामा राखौं | आफ्नो नाफाघाटाको लागि जोखिम मोलेर स्कुल तथा स्कुल बस संचालन नगरौं |

प्रतिक्रिया दिनुहोस्
MBL