Logo

एकैपटक थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित १२० पुगे

एकैपटक थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित १२० पुगे



काठमाडौं । सोमबार एकैपटक थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

मन्त्रालयले सोमबार बिहान जारी गरेको हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको जम्मा संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार थपदशमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा कपिलवस्तु, यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष छन् । प्राप्त विवरण अनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्