Logo

लकडाउन थप खुकुलो बनाउन सरकारलाई समितिको निर्देशन, पीसीआरबाट कोरोना परीक्षणलाई तिब्रता दिदै सरकार

लकडाउन थप खुकुलो बनाउन सरकारलाई समितिको निर्देशन, पीसीआरबाट कोरोना परीक्षणलाई तिब्रता दिदै सरकार



काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । समितिले लकडाउनलाई खुकुलो बनाउनेसँगै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्नसमेत निर्देशन दिएको हो ।

त्यस्तै विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउनसमेत समितिले निर्देशन दिएको छ । विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिएका छन ।

समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु पर्याप्तमात्रामा निर्माण गर्नुपर्ने, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज बनाउनसमेत निर्देशन दिएको छ । त्यस्तै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरीरहेको बताए । उनले पछिल्लो केही दिन यता पीसीआर प्रविधिबाट गरीने परीक्षणलाईसमेत तिब्रतादिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्