Logo

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक सुरु, ‘शान्ति र समृद्धिका लागि आर्थिक सहकार्य आवश्यक’ : प्रम

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक सुरु, ‘शान्ति र समृद्धिका लागि आर्थिक सहकार्य आवश्यक’ : प्रम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३ भदौं,काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीवार काठमाडौंमा सुरु भएको छ । बैठकको प्रधानमन्त्री शुसिल कोइरालाले उद्दघाटन गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले शान्ति तथा समृद्धिका लागि सार्क राष्ट्रबीच गहन आर्थिक सहकार्य आश्यक भएको बताए । साथै कम विकशित राष्ट्रहरुले अतिरिक्त सुरक्षा, स्रोत तथा सिमित प्रतिषपर्धी क्षमताका लागि सुविधा दिनुपर्ने धारणा व्यक्त गरे् ।

साथै उनले नेपालमा हालै गएको भुकम्पका बेलामा सार्क राष्ट्रहरुले देखाएको एकता तथा सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

सो अवसरमा अर्थमन्त्री डा.रामशरण महतले क्षेत्रिय सहकार्यमार्फत एकता निर्माण गर्न सामुहिक खोजका लागि जम्मा भएको बताए ।

यसअघि कोलम्बोमा भएको छैठौं बैठकमा भएका घोषणाहरु कार्यन्वयन भएक नभएको समिक्षा गरिने उनले जानकारी दिए ।   साथै सार्क राष्ट्रबीच लगानी तथा सार्क फाइनान्सको प्रवद्र्धन तथा सुरक्षाविषयमा भएको सार्क सम्झौताको ड्राफ्टवारे छलफल गरिने बताइएको छ ।

बैठकमा बढ्दो व्यापारघाटा र त्यसलाई कम गर्न सार्क राष्ट्रले निर्वाह गर्नसक्ने भूमिका तथा क्षेत्रीयस्तरको व्यापार प्रवद्र्धनका विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।सदस्य राष्ट्रबीच आर्थिक गतिविधि बढाएर सहयोग आदानप्रदान गर्ने विषयमा पनि गहन छलफल हुनेछ ।

त्यस्तै सार्क राष्ट्रबीच साझा मुद्रा प्रचलन तथा सदस्य राष्ट्रबीच सबै राष्ट्रको मुद्रा चलनचल्तीमा ल्याउने विषयमा समेत छलफल हुने बताएको छ ।

बैठकमा नेपालका तर्पmबाट अर्थमन्त्री डा. महत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, गभर्नर डा. चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी सम्मिलित प्रतिनिधिमण्डलको सहभागि छन् ।

बैठकमा भाग लिन पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थ राज्यमन्त्री जयन्त सिन्हा नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL