Logo

भारतसँग नेपालको सीमा विवाद चर्केकै समयमा चिनियाँ मिडियाले लेख्यो–सगरमाथा चीनमा पर्छ

भारतसँग नेपालको सीमा विवाद चर्केकै समयमा चिनियाँ मिडियाले लेख्यो–सगरमाथा चीनमा पर्छ



काठमाडौं । नेपालको सबैभन्दा नजिकको र रोटीबेटीको सम्बन्ध रहेको भनिएको छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोर जाने सडकको शुक्रबार उद्घाटन गरेसागै नेपालमा अहिले विरोध भइरहेको छ । यस्तोमा अर्को छिमेकी चीनको सरकारी टेलिभिजन नेटवर्क सिजिटिएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क) ले विश्वकै अग्लो चुचुरो सगरमाथा उसको क्षेत्रमा पर्ने लेखेको छ ।

पछिल्लो समय उत्तर मोहडाबाट चीनको उचाइ नाप्न चीनले अनुमति पाएको थियो । अहिले चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाइ मापन गरिरहेको छ ।

यही समयमा चीनको सरकारी टेलिभिजन नेटवर्कले ट्विटरमा केही तस्वीरहरु राखिएको छ । सगरमाथाबाट सूर्यको ‘हालो प्रकृति’ देखिएको भन्दै चार तस्वीर राख्दै चिनियाँ मिडियाले सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

उसको ट्विटमा चीनमा सगरमाथा पर्ने मात्र लेखिएको छैन, सगरमाथाको स्थानीय नाम छोमोलोङ्माको पनि उद्धृत गरिएको छ । ‘विश्वको अग्लो शिखर चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्छ,’ सिजिटिएनको ट्विटमा उल्लेख गरिएको छ । यसको विरोधमा निकै धेरैले यसलाई सच्याउन आग्रह गरेका छन् । अहिले सामाजिक सन्जालमा यो व्यापक चर्चाको विषय बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL