Logo

आजदेखि संघीय संसदमा प्रि-बजेट छलफल, यस्तो छ तयारी

आजदेखि संघीय संसदमा प्रि-बजेट छलफल, यस्तो छ तयारी



काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल सुरु हुँदैछ। यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि बोलाइएको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्ने छन्। सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७–७८का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गर्ने छन्। त्यसपछिसांसदहरुले आ–आफ्ना धारणा राख्ने छन् ।

दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ। संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले जेठ २ मा नीति तथा कार्यक्रम ल्याउने छन्। उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्