Logo

कोरोना भाईरसको खोप पहिलोपटक जनावरमा सफल, मानिसमा परिक्षण गरिँदै

कोरोना भाईरसको खोप पहिलोपटक जनावरमा सफल, मानिसमा परिक्षण गरिँदै



काठमाडौं । चीनमा उत्पादन गरिएको कोरोना भाईरस विरुद्धको खोप परिक्षण सफल भएको छ । बाँदरमा परिक्षण गरिएको पीकोभ्याक नामक उक्त खोप सफल भएको हो ।

बेईजिङस्थित सीनोभ्याक बायोटेकका अनुसार बाँदरमा परिक्षण गरिएको उक्त खोपले बाँदरको शरिरमा रोगप्रतिरोधी क्षमता वृद्धि गरेर एन्टीबोडी निर्माण गरेको थियो । साथै उक्त एन्टीबडीले बाँदरको शरिरमा भएका केही भाईरसहरुलाई नष्ट गर्न पनि सफल भएको थियो ।

अनुसन्धानकर्ताहरुले भारतमा उत्पत्ती भएका रेसस म्याकाक्वेस जातको बाँदरमा उक्त खोप लगाएका थिए । त्यसको ३ हप्तापछि भाईरससँग जुध्नका लािग केही सकारात्मक सुचक देखिएको थियो । तर त्यसकै एक हप्तापछि पुनः उक्त बाँदरमा ओभर डोज खोप लगाउँदा बाँदरको फोक्सोमा भाईरस नभएको तथ्य पत्ता लागेको थियो अर्थात खोपले काम गरेको थियो ।

यसको मतलव उक्त खोप नलगाएको बाँदरमा भने निमोनिया हुने खतरा उच्च रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । मध्य अप्रीलदखि उक्त खोप मानिसमा पनि परिक्षण गरिँदै आएको चीनले जानकारी दिएको छ ।

पीकोभ्याक कोरोना भाईरस विरुद्धको खोप मात्रै नभएर विश्वभर लाखौं मानिसमा फैलिएको महामारीको अन्त्यको सुचकका रुपमा समेत हेरिएको छ ।

यस्तै चीनको सेनाले बनाएको अर्काे उत्पादन पनि मानिसमा परिक्षण गर्ने क्रममा रहेको छ । पीकोभ्याकको जस्तै विधिबाट निर्माण गरिएको उक्त खोपले मेडिकल ट्रायलको पहिलो चरण पार गरेर दोस्रो चरण पुरा गर्दैछ । न्युज डट सीनीटीएनबाट साभार

प्रतिक्रिया दिनुहोस्