Logo

लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपालको कडा आपत्ति, नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि नगर्न भारतसँग आग्रह

लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपालको कडा आपत्ति, नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि नगर्न भारतसँग आग्रह



काठमाडौं । नेपालले शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ।

शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको आफूहरूले लगातार भन्दै आएको जनाएको छ।

गत वर्ष भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि गत नोभेम्बरमै कूटनीतिक नोटमार्फत् उक्त विषयबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतको उक्त कदम दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा सल्टाइने विषयमा भएको समझदारीको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले भारतलाई नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि अघि नबढाउन समेत आग्रह गरेको छ। भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL