Logo

नेपाल प्रहरीलाई हातपात पछि चिनियाँ नागरिकलाई दूतावासको निर्देशन -‘नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नु’

नेपाल प्रहरीलाई हातपात पछि चिनियाँ नागरिकलाई दूतावासको निर्देशन -‘नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नु’



काठमाडौं । चिनियाँ दुतावासले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्न भनेको छ । शुक्रबार सिंहदरबर परिसरमा चिनियाँ नागरिकको धर्ना र नेपाल प्रहरीमाथि भएको हातपातको घटनालाई लिएर दुताबासले सो निर्देशन दिदैं घट्नालाई पूर्णरुपमा सुल्झाइएको पनि दावी गरेको छ ।

दूतावासले चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।

प्रवक्ता लुअनले नेपाल अहिले कोभिड–१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको बताएका छन् ।

भिसा थप्न र स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको थियो । झडपमा डीएसपी, एकजना महिला प्रहरी र करिब तीनजना चिनियाँ नागरिक घाइते भएका छन् । ‘लकडाउन’को समयमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्नेक्रममा झडप भएको हो । दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL