Logo

अर्को वर्ष भाइरस थप खतरानक हुनसक्ने ट्रम्को चेतावनी, भन्छन– यो भाइरस भ्याक्सिनविना नै ठिक हुनसक्छ

अर्को वर्ष भाइरस थप खतरानक हुनसक्ने ट्रम्को चेतावनी, भन्छन– यो भाइरस भ्याक्सिनविना नै ठिक हुनसक्छ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता नलाग्दैमा आत्तिनु नपर्ने बताएका छन् । उनले यो भाइरस सम्भवतः कुनै भ्याक्सिनविना नै ठिक हुनसक्ने बताएका छन् ।

यसका साथसाथै उनले कोरोनाभाइरस अर्को वर्ष थप बढी खतरानक हुनसक्ने पनि चेतावनी दिएका छन् । अर्को वर्ष अहिलेको भन्दा संक्रमित संख्या अझ बढ्न सक्ने उनले बताएका हुन् ।

शुक्रबार अमेरिकी सदनमा आफ्ना कुरा राख्दै ट्रम्पले यस्तो बताएका हुन् । उनले यो अनुमानमा कुनै वैज्ञानिक तर्क चाहिँ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL