Logo

एनआरएन अध्यक्ष घले र मुख्य सचिवबीच भेटवार्ता ,१ हजार घर निर्माण गर्न संघ तयार

एनआरएन अध्यक्ष घले र मुख्य सचिवबीच भेटवार्ता ,१ हजार घर निर्माण गर्न संघ तयार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा सोमलाल सुवेदीबीच भेटवार्ता भएको छ ।

बुधवार भएको भेटमा अध्यक्ष घलेले सहयोग सम्बन्धी प्रतिबेदन मुख्य सचिवलाई हस्तान्तरण गरे । साथै हालैको भूकम्पका बेला संसारभर छरिएका गैरआवासीय नेपालीहरुले निःस्वार्थ भावनाले सहयोग पुर्याएको जानकारी दिए ।घलेले गैरआवासीय नेपालीहरु राष्ट्र पुनस्निर्माणको सच्चा साझेदार बन्न चाहेको उल्लेख गरे । त्यस्तै १ हजार घर निर्माणका लागि संघ तयारी अवस्थामा रहेको जानकारी पनि दिए ।

सो अवसरमा अध्यक्ष घलेले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हरेक दुई वर्षमा आयोजना गरिने गैरआवासीय नेपाली बिश्व सम्मेलन तथा संघको महाधिवेशन आगामी अक्टोवर महिनाको १४ देखि १७ सम्म आयोजना हुने जानकारी पनि दिए ।

मुख्य सचिव डा.सुवेदीले एनआरएन तथा नेपाल सरकारको संयुक्त पहलमा मध्य नेपालदेखि पूर्वी नेपाललाई समावेश गरि पर्यटकीय दृष्टिकोणले उपयुक्त एक पैदल मार्गको बिकास गर्न सुझाव दिए । नेपाल सरकारसंगको सहकार्यमा एक पैदल मार्गको बिकास गर्न संघ तयार रहेको घलले बताए ।

श्रमकालागि बिदेशिएका नेपालीहरु बिदेशमा नेपालीहरुबाटै पीडित भएको तर्फ संघ सचेत रहन पनि उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL