Logo

बिहानै थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

बिहानै थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो



काठमाडौं । नेपालमा थप सात जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। उदयपुर, कपिलवस्तु र पर्साका ७ जनामा कोरोनाभाइरस पुष्टि भएपछि संक्रमितको संख्या १०९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुका ३र३ तथा पर्साका एक जनालाई संक्रमण भएको छ। उदयपुरको भुल्केका संक्रमित तीन जना नै महिला छन्। त्यहाँ १८, ४५ र ६५ वर्षीया महिलालाई संक्रमण भएको छ।

कपिलवस्तुका भने तीन जना नै पुरुष छन्। उनीहरु दुई जना १८ र एक जना १७ वर्षका हुन्। उता पर्सा छपकैयाका भने ६२ वर्षीय पुरुषलाई संक्रमण भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएको पत्ता लागेको हो। उनीहरु सबै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
MBL